हाम्रो बारेमा
पृष्ठभूमि
प्रकाशन मिति: 2080-03-05
शिक्षा, संस्कृति,विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय,गण्डकी प्रदेश,पोखरा अन्तर्गत गण्डकी प्रदेशका सवै ११(एघार) जिल्लामासामाजिक विकास कार्यालयको स्थापना सम्वन्धीसंगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन -२०७८ गण्डकी मन्त्रिपरिषद् बाट स्वीकृत भए वमोजिम तनहुँ जिल्लामा मिति २०७८।०५।२३ गते सामाजिक विकास कार्यालय स्थापना भै मिति २०७८।०६।१३ गते माननीय शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री श्री मेखलाल श्रेष्ठज्यूबाट औपचारिक रुपमा समुद्घाटन भई सञ्चालनमा आएको छ ।

नेपालले संघीय शासन प्रणालीको अवलम्बन गरेपश्चात् राजनीतिकसँगै प्रशासनिक संरचनामा समेत परिवर्तन भएको छ । प्रशासनिक संरचना पनि संघ, प्रदेश र स्थानीय गरी तीन तहमा रुपान्तरण भएको छ । सोही अनुरुप कर्मचारी समायोजनको प्रक्रिया समेत टुंगो लागिसकेको छ । तीनै तहले नेपालको संविधानमा व्यवस्था भए बमोजिम राज्यशक्तिको प्रयोग मार्फत नेपाली जनताको दिगो शान्ति,सुशासन,विकास र समृद्धिको आकांक्षा पूरा गर्न समयानुकूल प्रशासनिक संरचनाको स्थापना,विस्तार,परिमार्जन तथा सञ्चालन गर्ने क्रम जारी नै रहेको छ ।
यसै बीचमा गण्डकी प्रदेश सरकार ( कार्यविभाजन ) नियमावली,२०७४ मा शिक्षा,संस्कृति,विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको कार्यजिम्मेवारी,कार्यवोझ तथा कार्यप्रकृति समेतलाई दृष्टिगत गरी मन्त्रालयको अधिकार र कार्यक्षेत्राधिकार भित्र पर्ने नीति,योजना तथा कार्यक्रमको सशक्त र प्रभावकारी रुपबाट कार्यान्वयन गरी अपेक्षित उपलव्धि हासिल गर्न मन्त्रालय अन्तरगत जिल्लास्तरमा प्रशासनिक संयन्त्रको रुपमा तनहुँ जिल्लामा समेत सामाजिक विकास कार्यालय स्थापना भएको छ ।
संघीय प्रणालीलाई थप सबल बनाउन स्थापना गरिएको यस सामाजिक विकास कार्यालयको मूलभूत जिम्मेवारी साविकमा महिला तथा बालबालिका कार्यालय मार्फत हुने(जेष्ठ नागरिक, अपाङगताको क्षेत्रमा क्षमता विकास तथा सहायता,महिला तथा बालबालिका सम्बन्धि) कार्यहहरु, शैक्षिक कार्यहरु, जिल्ला भित्रका धार्मिक,सांस्कृतिक तथा ऐतिहासिक महत्वको पहिचान बोकेका स्थानहरुको संरक्षण तथा मर्मत संभार,सामुदायिक भवन निर्माण,मर्मत संभार, लगायतका कार्यहरु पर्दछन् ।